बारा – १ असोज
आज सवारी साधन, कलकारखाना र विभिन्न मेशनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाईदै छ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा धुमधामका साथ मनाईदै छ ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति र फोटो राखेर विधिपूर्वक पूजा आराधना गरी मनाईदै छ । कलकारखानामा विश्वकर्मा भगवानको कालीगढले बनाएको मूर्तिलाई बिशेश रुपमा सजाई मजदुरहरूलाई सहभागी गराएर मनाईदै छ। कलकारखानामा आजको दिन विश्वकर्मा भगवानको पूजापाठ गरी भोज भतेर गरी मजदुरहरूलाई लुगा कपडा समेत दिने गरिन्छ ।
फलामबाट बनेको बस्तु चिज कलकारखानाका विभिन्न मेसिनहरू, बस, ट्रक, कार, जिप, भ्यान, मोटरसाइकल, टयाक्टर, जेसिबी लगायतका सवारीसाधनहरूलाई पूजापाठ गरिदै छ ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा रहि आएको छ ।
प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ।
यही सम्झनामा नेपालका कालीगढहरूले आज भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्। यसो गरेमा आफूमा विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ।
विश्वकर्मा भगवानको पूजा गरी मनाईदै



Leave a Reply