जंगली हातीको आक्रमणबाट बारामा एकजनाको मृत्यु

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 123
पढ्न लाग्ने समय : 1 मिनेट

बारा । जंगली हातिको आक्रमणबाट बारामा एकजनाको मृत्यु भएको छ ।
जंगली हातीको आक्रमणबाट कोल्हबी नगरपालिका -९ विर्ताका अन्दाजी ५५ बर्षको पारस खाँ थारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आईतवार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बिचमा पर्ने जङ्गलमा हातीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।

मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाईएको प्रहरीले जनाएको छ ।