बारामा महिला पत्रकारमाथि अभद्र टिप्पणीप्रति पत्रकार महासंघको आपत्ति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया-११ असोज ।
नेपाल पत्रकार महासंघ, बारा शाखाले महिला पत्रकार अञ्जली कुमारी गुप्तामाथि भएको अभद्र टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ।

देवताला गाउँपालिका–१ निवासी मोहनलाल पण्डितले सामाजिक सञ्जालमार्फत गम्भीर प्रभाव पार्ने किसिमका आधारहीन समाचारप्रति टिप्पणी गर्दै गुप्तालाई लक्षित गरी असभ्य अभिव्यक्ति दिएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो।

महासंघले विज्ञप्तिमा पत्रकारको व्यक्तिगत जीवनमा धावा बोल्ने वा लाञ्छना लगाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताएको छ। महिला पत्रकारहरूको सुरक्षा, मर्यादा र सम्मान सुनिश्चित गर्न सबैको साझा जिम्मेवारी रहेको भन्दै महासंघले दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।

साथै, महासंघले पत्रकार अञ्जली गुप्ताको सुरक्षा र मानसिक सन्तुलनको संवेदनशीलता सुनिश्चित गर्न सरोकारवाला सबै पक्षसँग सहयोगको आग्रह गरेको छ।

Leave a Comment