दशैंको बिदासँगै लक्ष्मीको स्वागत : आज कोजाग्रत पूर्णिमा मनाइँदै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

नेपालीहरूका घरघरमा आज राति धनधान्यकी देवी महालक्ष्मीको आराधना गर्दै कोजाग्रत पूर्णिमा पर्व मनाइँदैछ। दशैंको समापनसँगै सम्पन्नता र समृद्धिको प्रतीक देवी लक्ष्मीको स्वागतको तयारी सुरु भएको छ।

धार्मिक विश्वासअनुसार आजको रात जाग्राम बस्ने घरमा देवी लक्ष्मी स्वयं भ्रमण गरी ऐश्वर्य प्रदान गर्छिन्। यसैले यो रातलाई ‘धन र सम्पन्नताको रात’ पनि भनिन्छ।

आज बिहानै दशैंघरका फूल, प्रसाद र जमरा नदी वा पोखरीमा विसर्जन गर्ने चलन छ। त्यसपछि महालक्ष्मीको विशेष पूजा गरी रातभर दीप प्रज्वलन र भजनकीर्तन गर्दै जाग्राम बस्ने परम्परा रहिआएको छ।

कोजाग्रत पूर्णिमासँगै दशैंको समाप्ति र तिहारको सुरुवातको संकेत मिल्दछ। भोलिदेखि कात्तिक स्नान, आकाशदीप दान र आगामी लक्ष्मीपूजाको तयारी सुरु हुन्छ।

Leave a comment