बाराका न्यायाधीश भोला ढकालमाथि छानबिन : भारतीय नागरिकलाई धरौटीमा छाडेको विवाद सर्वोच्च पुग्यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२२ असोज, बारा।
बारा जिल्ला अदालतका न्यायाधीश भोला ढकाल विवादमा तानिएका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हालाई बिचौलियाको मिलेमतोमा गैरकानुनी रूपमा धरौटीमा छाडिएको आरोपपछि उनीमाथि छानबिन सुरु भएको हो।

प्रधानन्यायाधीशको आदेशअनुसार न्यायाधीश ढकाललाई सर्वोच्च अदालत (न्याय परिषद्) मा बोलाइएकाले यो विषयले न्यायालयभित्रै हलचल ल्याएको छ।

ढकालमाथि फरार अभियुक्तहरूलाई थुनामा राख्नुपर्ने कानुनी प्रक्रिया बेवास्ता गरी डमी व्यक्ति प्रयोग गरेर आदेश जारी गरेको र सो क्रममा आफ्नै घरबेटीसहितका बिचौलियासँग सेटिङ मिलाएको आरोप लागेको छ।

यस घटनापछि नेपाल बार एसोसिएसन बारा शाखाले छानबिनको माग गर्दै उजुरी दर्ता गरेको र असोज १५ गतेदेखि ढकालको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो।

न्यायपालिकाको विश्वसनीयतामाथि प्रश्न उठाउने यस घटनाले न्याय प्रशासनको पारदर्शिता र नैतिकताको बहस फेरि चर्काएको छ।

Leave a comment