गृहमन्त्री अर्यालको नेतृत्वमा तीनवटै सुरक्षा निकायबीच समन्वय बैठक

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज २३

गृहमन्त्री ओमप्रकाश अर्यालले देशको समग्र सुरक्षा स्थिति र पछिल्ला राजनीतिक गतिविधिबारे छलफल गर्न तीनवटै सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग बैठक गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा राजधानीमा बढ्दै गएको सुरक्षा चुनौती, विपद् व्यवस्थापन तथा विभिन्न क्षेत्रमा देखिएका जोखिमबारे विस्तृत समीक्षा गरिएको थियो।

गृहमन्त्री अर्यालले तीनै निकायबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने आवश्यकता औंल्याउँदै चाडपर्वका समयमा शान्ति, सुव्यवस्था र सुरक्षामा कुनै कमजोरी नदेखिने गरी तयारी गर्न निर्देशन दिएका छन्।

Leave a comment