२४ असोज, काठमाडौं — नेपालले जापानलाई पराजित गर्दै आइसिसी टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा विजयी सुरुवात गरेको छ।
शुक्रबार भएको खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा जापानले ८ विकेट गुमाएर १३१ रनको योगफल बनायो।
जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले उत्कृष्ट प्रदर्शन गर्दै ६० रनको योगदान दिए। उनले इसार रहमानसँग मिलेर दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे। रहमानले ३१ रन बनाएर आउट भए भने कप्तान फ्लेमिङ पनि केही क्षणमै पभेलियन फर्किए, त्यतिबेला जापानको स्कोर ९९–३ थियो। त्यसपछि नेपालले नियमित अन्तरालमा विकेट झार्दै १८औं ओभरमा जापानलाई १११–६ को अवस्थामा पु¥यायो। अन्त्यतिर बेन्जामिन इटो डेभिसले १७ रन बनाए।
नेपालका बलरहरू उत्कृष्ट प्रदर्शनमा देखिए। गुलशन झाले ४ ओभरमा २० रन दिएर २ विकेट लिए भने सन्दीप लामिछानेले पनि ४ ओभरमा २५ रन दिँदै २ विकेट झारे। त्यसैगरी सोमपाल कामी र नन्दन यादवले समान १–१ विकेट लिए।
यो जितसँगै नेपालले सुपर सिक्स चरणमा २ अंकसहित विजयी सुरुवात गरेको छ। दुबै टोली यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेका थिए।



Leave a Reply