प्रहरी दिवसको अवसरमा १३५ जनाको निःशुल्क आँखा परीक्षण

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असोज २४ ।
७०औं प्रहरी दिवस २०८२ को अवसरमा रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको सहकार्यमा शुक्रबार बिहान बारा जिल्लामा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

मिति २०८२ असोज २४ गते बिहान ८ बजे यस कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा कार्यालयका प्रहरी कर्मचारी, मातहत इकाइका प्रहरी तथा सर्वसाधारण गरी कुल १३५ जनाको आँखा परीक्षण गरिएको थियो।

कार्यक्रमका क्रममा सहभागीहरुलाई आवश्यक अनुसार निःशुल्क चश्मा र औषधि वितरण गरिएको थियो।
प्रहरी दिवसको सन्दर्भमा समुदायप्रति नजिकिन र सेवामुखी भूमिका सुदृढ गर्न आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीयवासीले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

Leave a comment