५ मंसिर, बारा ।
बाराको सिमरामा हालै भएको झडपपछि उत्पन्न तनाव समाधानका लागि जिल्ला सुरक्षा समिति बारा र जेन–जी समूहबीच पथलैयास्थित सशस्त्र प्रहरी शिक्षालयमा वार्ता सुरु भएको छ।
बुधबार सिमरामा जेन–जी र एमाले निकट युवा संघका कार्यकर्ताबीच भएको झडपमा ६ जना जेन–जी सदस्य घाइते भएका थिए। घटनापछि जेन–जी समूहले दुई दिनदेखि सडक प्रदर्शन गर्दै कुटपिटमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ गर्न माग गर्दै आएको थियो।
वार्ता प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रको संयोजकत्वमा जारी छ। बैठकमा जिल्ला प्रहरी कार्यालयका एसपी, सशस्त्र प्रहरीका एसपी तथा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक गरी सुरक्षा निकायका अधिकारी सहभागी छन्।
जेन–जी समूहका तर्फबाट भने जिल्ला संयोजक सम्राट उपाध्यायको नेतृत्वमा १८ जनाको टोली उपस्थित छ।
युवा मन्त्री बब्लु गुप्ता, सुधन गुरुङ ,एमाले युवा संघ र जेन–जी कार्यकर्ताबीचको कुटपिटसँगै सिमरा क्षेत्रमा उत्पन्न तनावलाई शान्त पार्दै समस्या समाधान गर्ने उद्देश्यले वार्ता सुरु गरिएको अधिकारीहरूले बताएका छन्।



Leave a Reply