दक्षिण कोरियामा ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुने

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा औपचारिक भेटवार्ता हुने भएको छ। ह्वाइट हाउसले शुक्रबार उक्त भेटवार्ताको मिति पुष्टि गरेको हो।

ह्वाइट हाउसका अनुसार आगामी अक्टोबर ३० मा दुवै नेताबीच भेटवार्ता हुनेछ। सो भेटवार्ता एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन सुरू हुनु एक दिनअघि हुने बताइएको छ। दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म एपेक सम्मेलन आयोजना हुँदैछ, जसमा राष्ट्रपति ट्रम्प पनि सहभागी हुने कार्यक्रम छ।

ट्रम्पले दोहोर्‍याएर राष्ट्रपति पद सम्हालेपछि सी जिनपिङसँग हुने यो पहिलो प्रत्यक्ष भेटवार्ता हो। विगत केही महिनादेखि अमेरिका र चीनबीच व्यापार, प्रविधि र सुरक्षासम्बन्धी तनाव बढिरहेको सन्दर्भमा हुने यो वार्ता विशेष रूपमा महत्त्वपूर्ण मानिएको छ।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापारिक सहकार्य, ऊर्जा नीति, युक्रेन युद्ध लगायतका अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

Leave a comment