इरानमा १६ सयभन्दा बढीलाई मृत्युदण्ड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, वैशाख १ — इरानमा मृत्युदण्ड दिने क्रम उल्लेखनीय रूपमा बढेको एक रिपोर्टले देखाएको छ। सन् २०२५ मा मात्रै त्यहाँ कम्तीमा १ हजार ६ सय २२ जनालाई मृत्युदण्ड दिइएको तथ्य सार्वजनिक भएको छ।

उक्त संख्या सन् २०२४ को तुलनामा झण्डै ५८ प्रतिशतले बढी रहेको जनाइएको छ।

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलह्युमन राइट्स वाच का अनुसार मृत्युदण्ड दिइएकामध्ये धेरैजसो राजनीतिक बन्दी तथा सरकारविरुद्धका प्रदर्शनमा संलग्न व्यक्तिहरू रहेका छन्।

तर इरान सरकारले भने ती व्यक्तिहरूलाई लागूऔषध ओसारपसार र हत्या सम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको दाबी गरेको छ।

पछिल्ला केही वर्षदेखि इरानमा आर्थिक संकट र बेरोजगारीका कारण सरकारविरुद्ध प्रदर्शन हुँदै आएका छन्। अधिकारकर्मीहरूले यस्ता प्रदर्शन दबाउन सरकारले मृत्युदण्डलाई माध्यम बनाएको आरोप लगाएका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघ ले इरानको उक्त कदमको भर्त्सना गर्दै मृत्युदण्डको सजाय तत्काल रोक्न आग्रह गरेको छ।

Leave a Comment