गाजामा पुनः इजरायली आक्रमण, दुईको मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

११ कार्तिक ,मंगलबार

दक्षिणी गाजामा इजरायलले पुनः आक्रमण गरेको छ। हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली ड्रोन आक्रमणमा दुईजनाको मृत्यु भएको छ भने पछिल्ला ४८ घण्टामा जम्मा आठ प्यालिस्टिनी मारिएका छन्। सोही क्रममा १३ जना घाइते भएका छन्।

इजरायली पक्षले हमासले बन्धकको शव फिर्ता गर्न ढिलाइ गरेको आरोप लगाउँदै आक्रमणको बचाउ गरेको छ। उनका अनुसार हमासलाई शवको स्थान पत्ता हुँदाहुँदै पनि हस्तान्तरणमा ढिलाइ गरिएको हो।

युद्धविरामको नाजुक अवस्थाबीच हमासले भने थप एक इजरायली बन्धकको शव फिर्ता गरेको जनाएको छ। अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार हमासले कुल २८ मृत बन्धकका शव फिर्ता गर्ने सहमति गरेको थियो। हालसम्म १६ जनाका शव बुझाइसकेको र बाँकी शव फिर्ता गर्न ढिलाइ भइरहेको गाजाबाट प्राप्त विवरणमा उल्लेख छ।

यसबीच बन्धकका परिवारले इजरायल सरकारमाथि युद्धविराम स्थगित गर्न दबाब दिएका छन्। युद्धविराम स्थायित्वमा प्रश्न उठ्दै जाँदा गाजाको स्थिति पुनः तनावपूर्ण बनेको छ।

Leave a comment