प्रधानमन्त्री कार्कीको सिफारिसमा दुई मन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ९ कात्तिक २०८२
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई जना नयाँ मन्त्री नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा दुवैले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी डा. सुधा शर्माले सम्हाल्ने भएकी छन् भने बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको रूपमा नियुक्त गरिएको छ।

यससँगै प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनारलाई श्रम मन्त्रालय र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्रालयका लागि सिफारिस गरेकी थिइन्। तर अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको स्रोतले जनाएको छ।

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, उच्च सरकारी अधिकारी र राष्ट्रपतिका सल्लाहकारहरूको उपस्थिति रहेको थियो।

Leave a comment