९ कात्तिक २०८२, आइतबार | काठमाडौँ
नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
सिफारिस सूचीको शीर्षमा भूपेन्द्रबहादुर खत्री रहेका छन्। त्यस्तै सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अभिनारायण काफ्लेलाई पनि डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।
बढुवा समितिबाट सिफारिस भएपछि अब गृह मन्त्रालयले निर्णय गरी मन्त्रिपरिषद्मा पठाउने प्रक्रिया अघि बढ्नेछ।
बढुवापछि यी अधिकारीहरू नेपाल प्रहरीको उच्च व्यवस्थापन तहमा जिम्मेवारी पाउने छन्।
नेपाल प्रहरीका पाँच एसएसपी डीआईजीमा बढुवा सिफारिस



Leave a Reply