एस.मिस्रा बारा, १० कातिक
कलैया उपमहानगरपालिकामा जडान गरिएको २९ वटा सिसी क्यामेरा मध्ये अधिकाश क्यामेरा विग्रिएको छ ।
कलैया उपमहानगरपालिकाले नगरको विभिन्न ठाउँमा जडान गरेको २९ वटा सिसी क्यामेरा मध्ये अधिकांश क्यामेरा विग्रिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले बताउनुभयो ।
कलैया उपमहामनगरपालिकाले नगरभित्र २९ वटा क्यामेरा जडान गरेको छ, प्रनाउ पण्डितले भन्नुभयो,‘जडान गरिएका अधिकांश क्यामेरा अहिले संचालनमा रहेको छैन । २९ वटा क्यामेरा मध्ये ११ वटा क्यामेरा मात्र अहिले संचालनमा रहेको उहाँले बताउनुभयो ।’
संचालनमा रहेको ११ वटा क्यामेरा समेत प्रष्ट नरहेको कहिले चल्ने कहिले आफै बन्द हुने गरेको छ, उहाले भन्नुभयो,‘समयमा मर्मत सम्भार नहुँदा निगरानीमा समेत समस्या हुने गरेको छ, अहिलेको अवस्थामा सबै सीसी क्यामेरा बन्द सरह नै भएको उहाँले बताउनुभयो ।’
विगत लामो समय देखि क्यामेरा विग्रिएको र यसको मर्मत सम्भार गरी संचालनमा ल्याउन सयौ पटक कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहलाई भन्दा उहाँले कुनै चासो लिनु भएको छैन, अहिले कुनै पनि क्यामेरा चुस्त दुरुस्त अवस्थामा नरहेको कारण सुरक्षा थ्रेट पनि बढेको प्रनाउ पण्डितले बताउनुभयो ।
अहिलेको समयमा सिसी क्यामेराले अपराध नियन्त्रण तथा रोकथाममा सहायक मात्र बनेको होइन, समाजमा हुने गैर कानूनी गतिविधिलाई समेत नियमन र नियन्त्रणमा महत्वपूर्ण भुमिका खेल्ने गरेको छ, सुरक्षाको देष्टिकोणले पनि सीसी क्यामेरा अतिआवश्यक छ तर सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने उपकरणलाई मर्मत सम्भार र संचालनमा ल्याउन उपमहानगरपालिका उदासीन देखिएको उहाँले आरोप लगाउनुभयो ।
हामीले पटक पटक प्रयास गर्दा समेत उपमहानगरपालिकाका मेयर विनोद साहले सिसी क्यामेरा मर्मत सम्भारमा चासो नदिएको कारण बाध्य भएर घडी चल्ने र बन्द हुने ११ वटा क्यामेराबाट मात्र निगरानीको काम अगाडी बढाइएको उहाँले बताउनुभयो ।
कलैया उपमहानगरपालिकामा ३६ वटा सीसी क्यामेरा जडान गरिएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले बताउनुभयो ।
केही दिन अगाडी सम्म ३६ मध्ये ३३ वटा क्यामेरा विग्रिएको कलैया उपमहानगपालिकाका मेयर विनोद साहले स्वीकार गर्नुभयो । तर केही दिन अगाडी मात्र प्राविधिक बोलाएर केही क्यामेरा मर्मत सम्भार गरिएको र अहिले ११ वटा क्यामेरा संचालनमा आएको उहाँले बताउनुभयो । छठ पर्व पछि सबै क्यामेराको मर्मत सम्भार गरी संचालनमा ल्याइने उहाँले जानकारी दिनुभयो ।
सिसी क्यामेरा जस्तो संवेदनशिल उपकरणको मर्मत सम्भार तथा संरक्षणमा उदासीन हुनु आफैमा दुःखद कुरा हो, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले भन्नुभयो,‘अहिलेको युगमा अपराध नियन्त्रण, रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने यन्त्रको सरक्षण सम्बद्र्धनमा मेयर उदासीन हुनु भनेकै आफनो पालिकालाई अपराधको दलदलमा धकेल्नु हो । क्यामेराले अपराध नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने गरेको कारण यसको मर्मत सम्भार गरी संचालनमा ल्याउनु पर्ने उहाँले माँग गर्नुभयो ।’
कलैया उपमहानगरपालिकाको २९ सिसी क्यामेरा मध्ये ११ मात्र संचालित



Leave a Reply