ट्रम्प दक्षिण कोरिया पुग्नै लाग्दा उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र परीक्षण

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बुधबार, १२ कात्तिक २०८२
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नुअघि केही घण्टाअगाडि नै उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ।

ट्रम्प एसिया–प्रशान्त आर्थिक सहयोग (APEC) सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया जाँदै छन्। यसैबीच, उत्तर कोरियाले सतहबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको हो।

बीबीसीका दक्षिण कोरियाली संवाददाता जेक क्वोनका अनुसार, यो परीक्षण उत्तर कोरियाको आणविक हतियार क्षमतालाई वैध देखाउने प्रतीकात्मक प्रयासका रूपमा लिइएको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाए अनुसार, उक्त क्षेप्यास्त्र ठाडो रूपमा प्रक्षेपण गरिएको थियो र करिब ७ हजार ८ सय सेकेन्डसम्म हावामा रहेको बताइएको छ।

दक्षिण कोरिया भ्रमणका क्रममा ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच भेट हुने कुनै संकेत हालसम्म प्राप्त भएको छैन।
ट्रम्पले आज दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँग व्यापार सम्झौतासम्बन्धी अन्तिम छलफल गर्ने कार्यक्रम रहेको छ।

Leave a comment