बारामा प्रहरीद्वारा करिब ३३ लाखको समान सहित ट्रक पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 97
पढ्न लाग्ने समय : 1 मिनेट

बारा । बारामा प्रहरीले ३२ लाख ७१ हजारको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ पथलैया चोकमा वीरगंजबाट मोरङ तर्फ जादै गरेको ना ३ ख ७४४९ नम्बरको ट्रक सहित ३२ लाख ७१ हजार ५ सय ६२ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

समान र ट्रक लाई नियन्त्रणमा आवश्यक कानूनी कार्बाहीकोलागी राजस्व अनुसन्धानका कार्यालय पथलैयामा बुझाईएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी गराउनु भयो ।

Leave a comment