नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ सुरु गर्दै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१३ कार्तिक ,काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपाल हाल पाँचौं त्रिकोणात्मक एकदिवसीय खेल खेलिरहेको छ। अमेरिकासँगको खेलमा खराब लय देखाएका नेपाली टोलीले आजको खेलमा तुलनात्मक कमजोर प्रदर्शन गरिरहेको यूएईलाई सामना गर्दैछ।

१७ खेलमा नेपालले ५ जित र १० हार भोगिसकेको छ भने दुई खेल विना नतिजा टुंगिएको थियो। यूएईले १७ खेलमा १४ हार बेहोरेको छ। अंक तालिकामा नेपाल सातौं र यूएई आठौं स्थानमा छन्।

खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा सुरु हुनेछ। नेपाललाई रोहितकुमार पौडेल र यूएईलाई राहुल चोपराले कप्तानी गर्नेछन्। शृंखलाको पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए।

नेपाल र यूएई चिरपरिचित प्रतिद्धन्द्धी हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुईबीच अहिलेसम्म १५ खेल भइसकेका छन्, जसमा नेपाल ९ खेलमा विजयी भएको छ र यूएई ६ खेलमा। पछिल्ला पाँच खेलमा नेपाल यूएईमाथि लगातार हाबी भएको छ।

यसपटकको भिडन्त पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान छ।

Leave a comment