काठमाडौँ, १७ कात्तिक, २०८२ – नेपाल प्रहरीले पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले डीआईजीमा बढुवा भएका हुन्।
पदस्थापन यसप्रकार छ:
भुपेन्द्र खत्री – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)
सानुराम भट्टराई – अपराध अनुसन्धान विभाग
ओम अधिकारी – उपत्यका प्रहरी कार्यालय
शेखर खनाल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अबिनारायण काफ्ले – प्रहरी महानिरीक्षकको सचिवालय
गत ९ कात्तिकमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको थियो। यो कदम प्रहरी नेतृत्वमा दक्षता र स्थायित्व ल्याउने उद्देश्यले लिइएको बताइएको छ।



Leave a Reply