काठमाडौं, कात्तिक २०
ए डिभिजन लिग स्थगित गर्ने निर्णयविरुद्ध खेलाडीहरूले बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन्।
नेपाल फुटबल खेलाडी संघको आयोजनामा भएको प्रदर्शनमा ए डिभिजन क्लबसँग आबद्ध खेलाडीहरूका साथै फुटबल समर्थकहरू पनि सहभागी भएका थिए।
एन्फाले यस वर्ष ए डिभिजन लिग नगरी अर्को वर्ष मात्र गर्ने निर्णय गरेको भन्दै खेलाडीहरू आक्रोशित बनेका हुन्। उनीहरूले “खेल्न पाउने हाम्रो अधिकार हो” भन्दै नाराबाजी गरेका थिए।
नेपाल फुटबल खेलाडी संघले बारम्बार अनुरोध गर्दा पनि एन्फाले लिग स्थगित नगर्ने माग बेवास्ता गरेपछि सडकमा आउन बाध्य भएको जनाएको छ।
प्रदर्शन सुरु भएपछि एन्फा परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो। एन्फाको मुख्य गेट बन्द गरिएको र भित्र प्रवेशमा रोक लगाइएको प्रहरीले जनाएको छ।
एन्फाले हालका लागि आगामी पुसमा राष्ट्रिय लिग आयोजना गर्ने र त्यसपछि अर्को वर्षको पुसमा ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको छ, जसले खेलाडी र क्लबहरूबीच असन्तोष पैदा गरेको छ।



Leave a Reply