बिहारको अररियामा नरेन्द्र मोदीको भ्रमण : नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइयो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

विराटनगर, २०८२ कात्तिक २० – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको अररियामा हुने विधानसभा निर्वाचनको चुनावी सभामा सहभागी हुन लागेका छन्। यसै सन्दर्भमा नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त निगरानी र चेकजाँच बढाएका छन्। मोरङ प्रहरी प्रमुख कवित कटवालले भने, “सीमा क्षेत्रमा हामीले पहिलेदेखि नै सतर्कता बढाएका छौं। भारतीय प्रधानमन्त्री आज अररियामा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।”

सीमा नाका तथा आसपासका क्षेत्रबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङमा विशेष सुरक्षा व्यवस्थाहरू लागू गरिएको छ। भारतीय पक्षको अनुरोध अनुसार मोरङ र सुनसरीमा प्रहरीको निगरानी र चेकजाँच थप गरिएको स्रोतले जनाएको छ।

यसै दिन बिहारका १८ जिल्लामा मतदान हुँदैछ, जसले गर्दा सीमा जोडिएका मोरङ र सुनसरी लगायतका क्षेत्रमा सुरक्षा कडाइमा राखिएको छ।

Leave a comment