प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२२ कात्तिक २०८२, शनिबार
काठमाडौं ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका तयारीस्वरूप देशभर मतदाता नामावली संकलन उत्साहजनक रूपमा अघि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समय नागरिकहरूमा मतदाता नामावलीमा नाम दर्ता गराउने उत्साह उल्लेखनीय रूपमा बढेको छ। आयोगले यही कात्तिक ३० गतेसम्म नामावली संकलन जारी रहने जनाएको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने तय भएको छ। सो निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्नेनागरिकताको प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकलाई मात्र मतदानको अधिकार हुनेछ।

भट्टराईका अनुसार आयोगले नागरिकहरूलाई तोकिएको समयभित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः आग्रह गरेको छ।

अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता प्रणालीमा अत्यधिक चाप परेको र सेवाग्राहीहरूले सेवा लिन असहजता महसुस गरेको आयोगले जनाएको छ।

निर्वाचनपछि पनि विगतका वर्षहरूमा झैँ १६ वर्ष उमेर पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने आयोगले स्पष्ट पारेको छ।

Leave a comment