प्रहरीका कार्यालय सहयोगी रुम्बाको हत्याको कारण व्यक्तिगत रिसीईवी, जितपुर सिमरा-१९का दुई युवक पक्राउ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 68
पढ्न लाग्ने समय : 2 मिनेट

१३ पुस, सिमरा : बाराको सिमरा विमानस्थलमा कार्यरत नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

एक साताको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा जितपुरसिमरा उपमहानगरपालिकाकै दुईजना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनाले व्यक्तिगत रिसीईवीका कारण रुम्बाको हत्या गरेको स्वीकार गरेको एकजना प्रहरी अधिकारीले जनाएका छन ।

घटनामा संलग्न मध्ये एकजना गाडी मेकानिक रहेको र लामो समयदेखी हत्याको योजना बनाएको ती प्रहरी अधिकारीले जनाए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुबैजना जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-१९ इनर्वासिराका हुन ।

पक्राउ परेका दुबैजना युवक जितपुरसिमरा उपमहानगरपालिकाको एउटै वडाको मधेशी मुलको भएपनी भोलि पत्रकार सम्मेलन मार्फत जानकारी गराईने जिल्ला प्रहरी कार्यालयका अधिकारीले जनाएका छन ।

पक्राउ परेकाहरुबाट रुम्बाको पर्स र सिक्री फेला परेको ती प्रहरी अधिकारीको दाबी छ ।

प्रहरी उपरीक्षक महेन्द्र खडकाले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको दाबी गरे ।

एकजना प्रहरी अधिकारीका अनुसार रुन्बालाई फोनगरेर बोलाई रुम्बा सवार गाडीमा हत्यामा संलग्न युवाहरु बसेर गएको र आमाडार पुल नजिक पुगी हत्या गरेका थिए ।

हत्या पश्चात् हत्यामा संलग्नहरु विरोध प्रदर्शनमा समेत सहभागी भएको प्रहरी अधिकारीको दाबी छ ।

हत्याको कारण गम्भीर प्रकारको व्यक्तिगत रिसीईवी रहेको ती प्रहरी अधिकारीको दाबी छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर- १७ घर भएका रुम्बा सिमरा विमानस्थलमा सुरक्षागार्डका रुपमा कार्यरत थिए ।

रुम्बाको शव पुष ७ गते बिहान जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-११ स्थित आमाडारको पुलनजिक कारभित्र फेला परेको थियो ।

कारको चालक बस्ने सिटमा मृत भेटिएका रुम्बालाई गोली हानेर हत्या गरिएको गरिएको थियो । उनको टाउकोमा गोली लागेको शवपरीक्षण रिपोर्टमा देखिएको छ ।

सिमरा विमानस्थलबाट शनिबार राती राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको बागमती प्रदेश ०१–०२८च ७६१६ नम्बरको कार लिएर रुम्बा निस्किएका थिए ।

घटनालगत्तै प्रहरीले अनुसन्धान अधिकृत तिवारीसंग समेत सोधपुछ गरेको थियो ।

  • An error has occurred, which probably means the feed is down. Try again later.