काठमाडौँ, २२ कात्तिक २०८२ — नेकपा (एकीकृत समाजवादी) ले पार्टीको संयोजकमा घनश्याम भुसाललाई चयन गरेको छ।
शनिबार बसेको पार्टीका ६७ सदस्यीय केन्द्रीय समिति बैठकले ‘भर्चुअल’ माध्यमबाट निर्णय गर्दै तत्कालीन महासचिव भुसाललाई संयोजक बनाउने निर्णय गरेको हो।
अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकता गरेपछि असन्तुष्टि जनाएका भुसालले पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाएका थिए।
बैठकले विभिन्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यको पहल गर्ने जिम्मेवारी संयोजक भुसाललाई दिएको छ। साथै, मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने तयारी पनि बैठकले गरेको जनाएको छ।



Leave a Reply