बिहार विधानसभाको दोस्रो चरणको मतदानमा अपरान्हसम्म ६० प्रतिशत भोट
कात्तिक २५, काठमाडौं । भारतको बिहार राज्यमा जारी विधानसभाको दोस्रो चरणको मतदानमा अपरान्ह ३ बजेसम्म ६० दशमलब ४० प्रतिशत मत खसेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दोस्रो चरणमा २० जिल्लाका १२२ सिटका लागि मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकारीको कार्यालयद्वारा प्रकाशित विवरणअनुसार, सबैभन्दा बढी मतदान किशनगंज जिल्लामा ६६.१० प्रतिशत र सबैभन्दा कम नवादामा ५३.१७ प्रतिशत दर्ता भएको छ।
२० मध्ये १२ जिल्लामा अपरान्हसम्म ६० प्रतिशतभन्दा बढी मतदान भएको बताइएको छ। मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको अधिकारीहरूले जनाएका छन्।
बिहार विधानसभा चुनाव–२०२५ अन्तर्गत पहिलो चरणको मतदान गत नोभेम्बर ६ मा भएको थियो। त्यस चरणमा १२१ सिटका लागि ६४.६६ प्रतिशत मत खसेको थियो।
मतगणना आगामी नोभेम्बर १४ मा हुनेछ। यस निर्वाचनमा सत्तारूढ एनडीए गठबन्धन र विपक्षी महागठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ।
यस पटक प्रशान्त किशोरको जनसुराज पार्टीलाई ‘एक्स–फ्याक्टर’का रूपमा हेरिएको छ, जसले केही क्षेत्रमा परिणामलाई असर पार्ने अनुमान गरिएको छ। यस्तै, असदुद्दिन ओवैसीको एआईएमआईएम पनि सीमाञ्चल क्षेत्रका मुस्लिम र दलित मतदाताबीच प्रभावशाली रूपमा सक्रिय रहेको बताइएको छ।



Leave a Reply