आइतबार, ३० कात्तिक २०८२
उत्तर प्रदेशको सोनभद्र जिल्लामा अवस्थित ढुंगा खानीमा आइतबार बिहान पर्खाल भत्किँदा धेरै जना मजदुर पुरिएका छन्। उद्धार कार्य तीव्र गतिमा भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
सोनभद्रका जिल्ला मजिस्ट्रेट (डीएम) बीएन सिंहका अनुसार पर्खाल भत्किँदा मानिस पुरिएको प्रारम्भिक रिपोर्ट आएको छ। उनले भने,
“प्रहरी र प्रशासनका अधिकारी घटनास्थलमा पुगिसकेका छन्। अल्ट्राटेक, दुशन र ओब्रा पावर कर्पोरेसनमार्फत फसेका मजदुरलाई उद्धार गर्ने प्रयास भइरहेको छ।”
उनका अनुसार एनडीआरएफ (राष्ट्रिय विपद् प्रतिक्रिया बल) र एसडीआरएफ (राज्य विपद् प्रतिक्रिया बल) का विशेष टोली मिर्जापुरबाट घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्।
फसेका व्यक्तिहरुको वास्तविक संख्या र क्षतिको विस्तृत विवरण भने अझै प्राप्त नभएको डीएमले बताए।
समाचार एजेन्सी पीटीआईले खानीमा करिब १० जना फसेको जनाएको छ भने एएनआईका अनुसार संख्या करिब १५ जना रहेको बताइएको छ।
उद्धार टोली घटनास्थलमा पुगेसँगै थप विवरण आउने अपेक्षा गरिएको छ।



Leave a Reply