एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि सुरु, जनकपुर र काठमाडौं आमनेसामने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ। २७ मंसिरसम्म चल्ने प्रतियोगितामा कुल ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा उतरणे छन्।

उद्घाटन खेलमा गत संस्करणका च्याम्पियन जनकपुर बोल्ट्स र घरेलु टोली काठमाडौं गोर्खाज एक–अर्कासँग भिड्नेछन्। अपरान्ह ४ बजे सुरु हुने उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेका आयोजकले जनाएको छ।

यसपटकको संस्करणलाई व्यवस्थित र आकर्षक बनाउन रंगशालामा करिब १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएको छ। साथै ६ वटा आधुनिक फ्लडलाइट जडान गरिएको छ, जसका कारण प्रतियोगिताका केही खेल रातिमै आयोजना हुनेछन्।

गत वर्ष जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि उठाएको थियो। दोस्रो पटक पनि च्याम्पियन बन्न जनकपुरले लक्ष्य बनाएको छ।
अर्कोतर्फ, गत संस्करण लिग चरणमै पाँचौँ स्थानमा रोकिएको काठमाडौं गोर्खाजले यसपटक जर्सीदेखि लोगो, प्रशिक्षकदेखि विदेशी खेलाडीसम्म अधिकांशमा परिवर्तन गर्दै बलियो पुनरागमन गर्ने संकेत दिएको छ।

Leave a Comment