९ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले आफ्नो दोस्रो जित दर्ता गरेको छ। मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्यो।
चार खेल खेलेको काठमान्डुले दुई जितसहित ४ अंक बटुलेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जनकपुर बोल्ट्समाथि शानदार सुरुआती जित निकाले पनि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग पराजित भएको थियो।
यता, लुम्बिनी लायन्सले भने लगातार दोस्रो हार खेपेको छ। पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित हुँदै दबाबमा आएको हो।
१५९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.१ ओभरमै सबै विकेट गुमाएर १३५ रनमै समेटियो। टोलीका लागि शेर मल्लले २७ रन र दिलीप नाथले २५ रन जोडे पनि जितका लागि त्यति पर्याप्त भएन।
काठमान्डुको बलिङ उत्कृष्ट रह्यो। मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई–दुई विकेट लिए भने कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान एक–एक विकेट लिए।



Leave a Reply