२ मंसिर, काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुनेछ।
पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। चितवनलाई कुशल मल्लले नेतृत्व गर्नेछन् भने कर्णालीको कप्तानी सोमपाल कामीले सम्हाल्नेछन्।
दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछ। विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन्।
चारै टोलीको लक्ष्य प्रतियोगितामा सुखद् सुरुआत गर्ने रहनेछ।
यसअघि सोमबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरी काठमाडौं गोर्खाजले विजयी सुरुआत गरेको थियो। सो जितसँगै काठमाडौंले पहिलो दुई अंक जोडेको छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ। विजेता टिमले रु १ करोड १० लाख प्राप्त गर्ने क्यानले जनाएको छ।



Leave a Reply