सिमरा आज पनि तनावग्रस्त, युवाहरू सडकमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ मंसिर, काठमाडौँ : बारा सिमरा क्षेत्रमा बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच भएको झडपपछि उत्पन्न तनाव आज (बिहीबार) पनि पूरै तरह शान्त हुन सकेको छैन।

बुधबार बेलुका प्रहरी प्रशासन र युवा समूहबीच सहमति भएपछि केही समयका लागि यातायात सञ्चालनमा आए पनि आज बिहानैदेखि क्षेत्र फेरि अशान्त बन्दै गएको स्थानीयले बताएका छन्।

युवाहरू बिहानैदेखि विरोध प्रदर्शन गर्दै सडकमा निस्किएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ।

घटनापछि सिमरा बजार क्षेत्रको वातावरण सामान्य हुन नसकेको र सर्वसाधारण डर–त्रासबीच दैनिकी बिताइरहेका छन्।

Leave a comment