५ मंसिर,बारा(सिमरा )
सिमरामा जारी आन्दोलनले चर्किएको परिस्थितिमा जेन-जी युवाहरूले अघि सारेका मुख्य मागमध्ये एक पूरा भएपछि प्रशासन र प्रदर्शनकारीबीच वार्ता प्रक्रिया सुरु भएको छ।
जेन-जीको मागअनुसार कुटपिट घटनामा संलग्न रहेको आरोप लागेका अरबिन्द साह, आरिफ खान र सुशील महतोलाई प्रहरीले पक्राउ गरेपछि वार्ताको वातावरण तयार भएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको पहलमा दुवै पक्षलाई वार्तामा बस्न आह्वान गरिएको थियो। प्रदर्शनकारीहरूले भने ‘मुख्य आरोपितहरूको गिरफ्तारी नभएसम्म वार्ता सम्भव छैन’ भन्ने अडानमा थिए।
तीनै जना पक्राउ परेपछि जेन-जी जितपुरसिमरा नगर कमिटीका प्रवक्ता मनिष सापकोटाले अब आन्दोलनकारी पक्ष वार्तामा बस्न तयार भएको सञ्चारकर्मीलाइ बताए।
‘हाम्रा प्राथमिक मागहरू पूरा हुन थालेका छन्,’ उनले भने, ‘शुक्रबार बिहान १० बजेदेखि वार्ता शुरू गर्ने तयारी छ।’
प्रशासनले शान्तिपूर्ण समाधानका लागि संवाद प्रभावकारी रूपमा अघि बढाइने जनाए।



Leave a Reply