कलैया उपमहानगरपालिका–१६ सिस्वा महेशपुरका ‘GenZ & Youth Bara’ का युवाद्वारा समस्याबारे छलफल तथा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२२ मंसिर ,बारा-कलैया उपमहानगरपालिका–१६ सिस्वा महेशपुरका सक्रिय युवा समूह GenZ & Youth Bara ले आज एक औपचारिक कार्यक्रममार्फत वार्ड अध्यक्ष श्री धर्मेन्द्र प्रसाद यादव समक्ष स्थानीय समस्याबारे विस्तृत छलफल गर्दै ज्ञापनपत्र बुझाएका छन्।

गाउँको समग्र विकास, शैक्षिक सुधार, स्वास्थ्य सेवा, सार्वजनिक सम्पत्ति संरक्षण तथा सामाजिक अनुशासनका विषयमा केन्द्रित युवाहरूले निम्न पाँच मुख्य मागहरू राखेका छन्:

  1. शैक्षिक सुधार – वार्डभित्र रहेको विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न, कमजोर वार्षिक परीक्षाफल सुधारका पहल गर्न तथा आवश्यक प्राविधिक–शैक्षिक योजना बनाउन माग।
  2. लागुऔषध दुरुपयोग नियन्त्रण – कुनै पनि सार्वजनिक स्थानमा लागुऔषध सेवन वा विक्री वितरण नहुने वातावरण बनाउन कडाइका साथ निगरानी गर्न अनुरोध।
  3. युवाको अनिवार्य सहभागिता – वार्डमा सञ्चालन हुने हरेक विकास निर्माण तथा सामाजिक काममा युवाहरूको सहभागिता सुनिश्चित गर्न माग।
  4. स्वास्थ्य सेवा सुदृढीकरण – स्वास्थ्य चौकीमा आकस्मिक सेवा उपलब्ध गराउन तथा सरकारले पठाएको औषधि पूर्ण रूपमा उपलब्ध गराउने व्यवस्था गर्न आग्रह।
  5. सार्वजनिक सम्पत्ति संरक्षण – वार्डभित्र रहेका सार्वजनिक जग्गा–जमिन, मठ–मन्दिर तथा सामुदायिक संरचनाहरूको संरक्षण र दुरुपयोग रोक्न कडा कदम चाल्न माग।

युवाहरूले आफ्नो गाउँको विकास, शान्ति, अनुशासन र पारदर्शिताका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
वार्ड अध्यक्ष यादवले युवाहरूका मागहरूलाई प्राथमिकताका साथ कार्यान्वयनतर्फ लैजाने आश्वासन दिएको बताइएको छ।

Leave a Comment