६ मंसिर ,कलैया
बारामा पछिल्ला दिनमा चोरीको घटना तीव्र गतिमा बढिरहेका छन्। आज दिउँसो २:३० बजे नेपाल शिक्षक संघ बारा अध्यक्ष राजकिशोर सहनीको घरमा ठूलो चोरी भएको छ। अज्ञात समूहले घरभित्र पसेर सुन–चाँदीका गहना र नगद रकम गरी करिब ६ लाख रुपैयाँ बराबरका सामग्री लिएर फरार भएको सहनीले बताएका छन्।
घर खाली भएको बेला चोरी
घटना हुँदा घरमा कोही सदस्य नभएको र सोही समयमा चोरी समूहले ढोका फोडेर घरभित्र प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
चोरले गहना, पैसा र महत्वपूर्ण सामान राखिएको कोठा जोडतोडले खोजेर लगेका कारण घरको भित्री भाग अव्यवस्थित अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
“चोरी बढ्दै छ, प्रहरी गम्भीर छैन” — सहनी
अध्यक्ष सहनीले कलैयामा लगातार चोरी बढिरहेको तर प्रहरी सक्रिय नभएको गुनासो गरे।
उनले भने—
“हामीले धेरैपटक प्रहरीलाई गस्ती बढाउन भनेका थियौँ। तर चासो नदिएकोले नै आज मेरो घरबाट लाखौंको सामान चोरी भयो।”
स्थानीयवासीहरू पनि चिन्तित
कलैयाका बासिन्दाले
राति गस्ती कम भएको,
शंकास्पद मानिसहरू स्वतन्त्र रूपमा हिँड्ने गरेको,
र सुरक्षामा कमजोरी बढेको
गुनासो गर्दै सुरक्षा निकायलाई तिव्र रुपमा सक्रिय हुन माग गरेका छन्।
लगातार भइरहेका चोरीले सुरक्षा चुनौती
पछिल्लो एक महिनामा मात्र कलैया र आसपासका क्षेत्रमा धेरै चोरीका घटना दर्ता भएका छन्।
यसले स्थानीय बासिन्दा र संघ–संस्थालाई सुरक्षा अवस्थाप्रति चिन्तित बनाएको छ।



Leave a Reply