भेषभूषाको विविधतासँगै सांसदहरूको शपथ आज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत १२ — नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् भवनमा हुँदैछ।

शपथ ग्रहण कार्यक्रमका लागि सांसदहरू धमाधम संसद् भवन पुगिरहेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।

संसद् सचिवालयका अनुसार यसपटक ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने भएका छन्।

शपथ कार्यक्रममा सहभागी हुन आएका सांसदहरू आ–आफ्नै सांस्कृतिक पहिचान झल्किने भेषभूषामा उपस्थित भएका छन्, जसले संसद् परिसरमा विविधताको झल्को दिएको छ।

संघीय संसद् सचिवालयले सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रति सहित तोकिएको समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो।

Leave a Comment