मंसिर ८, काठमाडौँ — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामु १३६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन जोड्यो।
विराटनगरका लागि सर्वाधिक रन शुभम रजानेले बनाए। उनले २९ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाएपछि रनआउट हुन पुगे। बसिर अहमदले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ३ छक्काको मद्दतले ३६ रन जोडे।
ओपनर लोकेश बमले २८ रनको योगदान दिए। माटिन गप्टिल १३ र जर्ज मुन्से १० रनमा सीमित रहे। नारायण जोशी २ रनमै आउट भए भने मर्चेन्ट डे लाङ्गे शून्य रनमा रनआउट भए। प्रतिश जि.सी. २ रनमा र सन्दीप लामिछाने शून्य रनमा अविजित रहे।
जनकपुर बोल्ट्सका बलरहरू मध्ये संगीत कोरे र रुपेश सिंहले समान २–२ विकेट लिए। आदित्य महतोले १ विकेट हात पारे।



Leave a Reply