आजदेखि १ सय दरका नयाँ नोट बजारमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

राष्ट्र बैंकले ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नोट चलनचल्तीमा ल्यायो

११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)देखि १ सय दरका नयाँ नोटहरू औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। नयाँ नोटहरू साविककै आकार र रंगमा जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।

मुद्रा व्यवस्थापन विभागका अनुसार संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ १ सय दरका नोट क्रमशः बजारमा प्रवाहित गरिएका छन्।

राष्ट्र बैंकले पछिल्लो पटक २०७६ असोज ७ गते रूपैयाँ १०० का नयाँ नोट चलनचल्तीमा ल्याएको थियो। त्यस समयमा ‘ओ/१८–०००००१’ देखि ‘क/३७–९९९९९९’ सम्मका नोट जारी गर्ने भनिए पनि व्यवहारिक रूपमा ‘ओ/१८–०००००१’ देखि ‘क/१९०३४५००’ सम्मका नोट मात्र बजारमा आए।

नयाँ नोट वितरणसँगै पुराना नोटहरू पनि समान रूपमा चलनचल्तीमा रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

Leave a comment