लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य दियो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

११ मंसिर, काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्स १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भयो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे भने दिलिप नाथले ३१ रन जोडे। ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८-१८ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले ३-३ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए।

अहिलेसम्म अंकतालिकामा सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ। लुम्बिनी लायन्स भने ३ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ।

Leave a comment