प्रेस काउन्सिल नेपालको नेतृत्व डा. कुमार आचार्यलाई मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा मनोनयन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ मंसिर, काठमाडौं ।
प्रेस काउन्सिल नेपालले नयाँ नेतृत्व पाउने भएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई काउन्सिलको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो।

डा. आचार्य हाल नेपाल मेलमिलाप परिषद्मा विज्ञ सदस्यका रूपमा कार्यरत रहेकाले उनको अनुभवलाई काउन्सिल नेतृत्वमा उपयोग हुने सरकारको विश्वास छ। उनी यसअघि पनि सोही परिषद्मा करिब तीन वर्ष सदस्यका रूपमा सक्रिय थिए।

२०४० सालमा कानुन व्यवसायमा प्रवेश गरेका आचार्य २०६९ सालमा वरिष्ठ अधिवक्ता बने। उनले नेपाल बार एसोसिएसनका उपाध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए। त्यसअघि २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा रहेर काम गरेका थिए।

सार्वजनिक सेवा कानुनको क्षेत्रसँग पनि उनको जोड रहेकाे छ। २०७४ सालमा लुम्बिनी प्रदेश कानुन आयोगमा डेढ वर्षसम्म काम गरेका उनले विभिन्न कानुनी नीति तथा निर्णय प्रक्रियामा सक्रिय भूमिका निभाएको अनुभव बोकेका छन्।

सरकारले निकट भविष्यमा काउन्सिलको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यो निर्णय लिएको जनाएको छ।

Leave a comment