एनपीएलमा आज दुई रोचक खेल: पोखरा–काठमाडौँ र सुदूरपश्चिम–चितवन आमनेसामने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१८ मंसिर ,काठमाडौ -त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुने भएका छन्।

पहिलो खेल बिहान ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ। पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरा एभेन्जर्सका लागि प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नु अत्यावश्यक छ। काठमाडौँ गोर्खाजले भने छ खेलबाट आठ अंक जोडेर आफ्नो स्थिति मजबुत बनाइसकेको छ।

अपराह्न ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्। सुदूरपश्चिम १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ यात्रा पक्का गरिसकेको छ। पाँच खेलबाट चार अंक बटुलेको चितवनले भने प्लेअफ पहुँचको लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ।

Leave a Comment