पुटिन भारत पुग्नुअघि अमेरिकाद्वारा रक्षा सहयोगको ‘शुभ समाचार’ सार्वजनिक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१८ मंसिर-रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउनुअघि अमेरिकाले भारतसँगको रक्षा सहकार्यसम्बन्धी एक महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। अमेरिकाले यस कदमलाई दुई देशबीचको रक्षा सम्बन्धका लागि ‘शुभ समाचार’ भनेर वर्णन गरेको छ।

दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो (SCA) ले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भारतले लकहिड मार्टिनद्वारा निर्मित २४ एसएस–६०आर सिहक हेलिकप्टरका लागि दिगो समर्थन प्याकेजमा हस्ताक्षर गरेको जानकारी दिएको हो।

ब्युरोका अनुसार करिब ९४६ मिलियन डलरको यो प्याकेजले भारतीय नौसेनाको समुद्री क्षमता थप मजबुत बनाउनेछ। साथै अमेरिकासहित क्षेत्रीय साझेदारहरूसँग समन्वय र सहयोगमा पनि वृद्धि हुने उल्लेख गरिएको छ।

निर्माताको दाबीअनुसार एसएस–६०आर सिहक हेलिकप्टर विश्वकै उत्कृष्ट समुद्री हेलिकप्टरमध्ये एक हो, जसलाई विशेष गरी युद्धपोत तथा अन्य जहाजहरूबाट सञ्चालन गर्न डिजाइन गरिएको छ।

यसैबीच, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार)देखि दुई दिनका लागि भारत भ्रमणमा आउने कार्यक्रम छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न द्विपक्षीय मुद्दामा छलफल गर्नेछन्।

Leave a Comment