मंसिर १९, २०८२, काठमाडौँ — मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्। सात दलीय गठबन्धनको समर्थनसहित उनले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष संविधानको धारा १६८(२) बमोजिम दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख कर्णले शुक्रबार अपरान्ह यादवलाई औपचारिक रूपमा मुख्यमन्त्री नियुक्त गरेका हुन्। यादवको शपथ ग्रहण शनिबार बिहान प्रदेश प्रमुख कार्यालयमै हुने बताइएको छ।
सात दलको साथमा दुई–तिहाइभन्दा धेरै बहुमत
मधेसमा नयाँ सरकार गठनका लागि सक्रिय सात-दलीय गठबन्धनलाई प्रदेश सभामा दुई–तिहाइभन्दा धेरै मत छ। यादवलाई निम्न दलहरूको समर्थन रहेको छः
नेपाली कांग्रेस
जसपा नेपाल
जनमत पार्टी
नेकपा माओवादी केन्द्र
लोसपा
नेकपा एकीकृत समाजवादी
नागरिक उन्मुक्ति पार्टी
प्रदेश सभा संख्या
प्रदेश सभामा दलगत संख्या यस प्रकार छः
एमाले – २५
कांग्रेस – २२
जसपा नेपाल – १९
जनमत – १३
नेकपा माओवादी केन्द्र – ९
लोसपा – ९
नेकपा एकीकृत समाजवादी – ७
नागरिक उन्मुक्ति – १
राप्रपा – १
संघीय समाजवादी पार्टी – १
यादवले शुक्रबार दिउँसो गठबन्धनका तर्फबाट बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी गरेका थिए। अब नयाँ सरकार गठनका प्रक्रियासँगै मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढ्नेछ।

