समानुपातिकतर्फ चुनाव लड्न १०० दलको दर्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२३ मंसिर, काठमाडौं ।
आगामी प्रतिनिधिसभा चुनावका लागि समानुपातिक प्रणालीमार्फत प्रतिस्पर्धा गर्न १०० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ता गराएका छन्।

निर्वाचन आयोगले मंसिर २१, २२ र २३ गते समानुपातिक प्रतिनिधित्वतर्फ दल दर्ताका लागि समय निर्धारण गरेको थियो। सो अवधिभित्र ९७ वटा दलले छुट्टाछुट्टै निवेदन दिएका छन् भने ७ दल विभिन्न गठबन्धनमार्फत संयुक्त चुनाव चिह्न प्रयोग गर्दै चुनावमा उत्रने तयारीमा छन्। गठबन्धनसहित दर्ता संख्या १०० पुगेको आयोगले जनाएको छ।

अब आयोगले दर्ता आवेदनहरूको छानबिन गरी मंसिर २६ गतेसम्म अन्तिम स्वीकृत सूची प्रकाशित गर्नेछ।

यसपटक समानुपातिक निर्वाचनका प्रमुख समय–सीमाहरू यसप्रकार छन्:

पुस १३–१४: समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने

माघ ४: प्रारम्भिक सूची प्रकाशन

माघ ४–२०: दाबी–विरोध तथा उजुरी छानबिन

माघ २०: बन्दसूचीको अन्तिम प्रकाशन

प्रतिनिधिसभामा २७५ सदस्य रहने व्यवस्था छ।
त्यसमध्ये:

१६५: प्रत्यक्ष निर्वाचनबाट

११०: समानुपातिक प्रतिनिधित्व प्रणालीबाट चयन हुनेछन्।

प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन माघ ६ गते दर्ता गरिने कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ।

Leave a Comment