वीरगन्ज आजपनि तनावग्रस्त, चारजना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 163
पढ्न लाग्ने समय : 1 मिनेट

८ फागुन, वीरगन्ज : कर्फ्यु लगाउँदापनि वीरगन्जमा प्रदर्शन भईरहेको छ । प्रदर्शनका कारण आजपनी वीरगन्जको अवस्था तनावग्रस्त रहेकाे छ बनेको छ ।

साेमबार दुई फरक धर्म समुदायकाबिच झडप भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा साेमबार साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियाे । मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको किनमेलका लागि खुकुलाे गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागु गरिएको छ ।

कर्फ्यु लागेपनि वीरगन्जका ठाँउ ठाँउमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेकाे हाे । घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरुलाई प्रहरीले लखेटेकाे छ । त्यसक्रममा घडिअर्वामा प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएकाे छ । त्यहाँबाट प्रहरीले चार जना युवालाई नियन्त्रणमापनि लिएको छ।

मंगलबारपनि बिहानैदेखि वीरगन्जका चाेक चाेकमा ठूलाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

राैतहटकाे ईशनाथ नगरपालिकाकाे माेतीपुरमा सरस्वतीकाे मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच भएको विवादलाई लिएर वीरगन्जमापनि साेमबारदेखि दुई फरक धर्म समुदाय बिच तानाव सृजना भएको हाे।साेमबार वीरगन्जको इदगाह चाेकमा भएकाे झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ११ जना सुरक्षाकर्मी घाइते भएका थिए ।