सशस्त्र प्रहरीको १७ बुँदे निर्वाचन ‘एक्शन प्लान’ सार्वजनिक, जेनजी चुनौतीबीच कडाइको तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ मंसिर, काठमाडौं — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सशस्त्र प्रहरी बलले १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक गर्दै कडाइका साथ सुरक्षा व्यवस्थापनमा जुट्ने तयारी गरेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी मनिष थापाका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नीतिहरू तर्जुमा गरिएको हो।

नीतिअनुसार—

निर्वाचनको एक महिनाअघि नै प्रत्येक क्षेत्रमा सुरक्षा बेरुवा (बेस) स्थापना गरिनेछ।

१५ दिनअघि देखि स्ट्राइकिङ र मोबाइल टोलीहरू निरन्तर परिचालनमा रहनेछन्।

सम्भावित जोखिम क्षेत्रहरूमा गस्ती, सूचना संकलन र विशेष निगरानी थप कडाइका साथ अघि बढाइनेछ।

डीआईजी थापाका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, साथै कारागारबाट फरार कैदीबन्दी अझै नियन्त्रणमा नआएकाले यो निर्वाचन अघिल्लाभन्दा बढी चुनौतीपूर्ण हुने अनुमान गरिएको छ।

यद्यपि, सशस्त्र प्रहरीले ‘‘निर्वाचन सुरक्षामा कुनै कमजोरी नछोडिने’’ प्रतिवद्धता दोहोर्‍याएको छ।

Leave a Comment