द सहारा लोन सेभिङ्स सहकारीको २९औँ साधारण सभा : आर्थिक प्रगति प्रभावशाली, बोनस घोषणा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ मंसिर ,मलगवा, सर्लाही ।
द सहारा लोन सेभिङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारण सभा तथा इकाइ ६ को निर्णय प्रमाणित सभा भव्य रूपमा सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा मधेस प्रदेशका मन्त्री जगीलाल राय प्रमुख अतिथि रहे।

कार्यक्रमको अध्यक्षता नागेन्द्र कुमार, स्वागत तपेशेवर चौधरी र सञ्चालन देवकी सिग्देलले गरे।

सभालाई सम्बोधन गर्दै मन्त्री रायले विरोध र आलोचनालाई सुधार तथा प्रगतिको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। “सहारा सहकारीले सहज ऋण प्रवाहमार्फत व्यापार तथा कृषिमा सदस्यको पहुँच विस्तार गरेको छ, यो प्रगतिको दिगो आधार हो,” उनले भने।
संस्थाका महाप्रबन्धक नागेन्द्र चौधरीले सहाराको आर्थिक गतिविधि बारे शेयरधनी माझ प्रकाश पारेका थिए।
आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक

अध्यक्ष नागेन्द्र कुमारले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीको आर्थिक सूचकहरू उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छः

शेयर पूँजी — रु ४४ करोड ५७ लाख ५३ हजार

निक्षेप संकलन — रु ५ अर्ब ५० करोड ५३ लाख २६ हजार

ऋण लगानी — रु ५ अर्ब १८ करोड ८४ लाख २८ हजार

खुद नाफा (आ.व. ०८१/०८२) — रु १८ करोड २८ लाख ६० हजार

सभाले यस वर्षका लागि प्रति शेयर ११२.४३ बोनस वितरण गर्ने निर्णय गरेको छ।

सभामा सदस्यको पहुँच, डिजिटल सेवा विस्तार तथा आगामी योजनासम्बन्धी विषयमा पनि विस्तृत छलफल भएको सहकारीले जनाएको छ।

Leave a Comment