बिमलेन्द्र निधिले गरेका सहमतिको एक घण्टा बित्न नपाउदै धज्जी उडयो, बारा कांग्रेसमा विवाद चुल्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 5 मिनेट

बारा-२८ मंसिर ।
नेपाली कांग्रेसका पूर्व उपसभापति एवम उपप्रधानमन्त्री बाराका लागि केन्द्रीय प्रतिनिधि बिमलेन्द्र निधिले गरेका सहमतिको एक घण्टा बित्न नपाउदै धज्जी उडेको छ ।
पूर्व उपसभापति निधिको काठमाडौं स्थित निवासमा २०८२ असार १६ गते भएको सहमतिको कार्यान्वयन गराउन आईबार बारा आएका थिए । नेपाली कांग्रेस बाराको कलैया स्थित पार्टी कार्यालयमा आयोजित बिस्तारित बैठक मार्फत सहमति कार्यान्वयन गर्न निर्देशन दिएपनि त्यसको एक घण्टा नबित्दै धज्जी उडेको छ ।
बारा क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिलाई बेवास्ता गरी नविकरण र क्रियाशील फर्म वितरण गर्न थालिएपछि नेपाली कांग्रेस बारामा थप विवाद उत्पन्न भएको छ ।
बारामा कांग्रेसको आन्तरिक विवाद मिलाउने उद्देश्यले आएका निधिले ठूला–ठूला भाषण गर्दै एकताको अपिल गरे पनि एक घन्टा नबित्दै उहाँकै उपस्थितिमा भएको लिखित सहमतिको धज्जी उडाइएको आरोप लागेको छ।
निधिले कांग्रेसका स्थानीय नेता–कार्यकर्तासँग आफ्नै निवास काठमाडौंमा बैठक गर्दै संगठन मजबुत बनाउने, गुटबन्दी अन्त्य गर्ने र सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो। तर बैठकमा भएको लिखित सहमति कार्यान्वयन नहुँदा कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ।
स्थानीय नेता–कार्यकर्ताहरूले केन्द्रीय प्रतिनिधि भएर आएको नेतृत्वकै सामु सहमति तोडिनु लज्जास्पद भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार, सहमति तोडिँदा पनि बिमलेन्द्र निधिले स्पष्ट धारणा नलिनु र कडा कदम नचाल्नुले उहाँको प्रभावकारिता कमजोर देखिएको छ।
पार्टी स्रोतका अनुसार, यस घटनाले बारामा कांग्रेसको आन्तरिक कलह अझ गहिरिने संकेत देखिएको छ। नेताहरूबीच विश्वासको संकट बढ्दै जाँदा संगठनात्मक गतिविधि प्रभावित हुने चिन्ता पनि व्यक्त गरिएको छ।
जिल्ला सभापति पदका प्रत्यासी शम्भु बहादुर बुढाथोकीले क्षेत्रीय कार्य समितिलाई बाईपास गरी कांग्रेसको विधान विपरीत फर्म वितरण गरेर बारामा अधिवेशन भाड्न खोजेको आरोप लगाएका छन ।
काङ्ग्रेस बिधान बिपरित बितरण हुन लागेको यो प्रक्रिया रद्ध नगरिए त्यसको कडा प्रतिकार उत्रिने बुढाथोकीले चेतावनी दिएका छन ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ लाई कृयाशिल नया सदस्यता र पुरानो नवीकरण फर्म बिधानत क्षेत्रीय सभापतिलाई जिल्ला सभापति राजेश राय यादवले नदिएर क्षेत्रलाई नै बन्चित गर्ने गरि षडयन्त्र गरेको महाधिवेशन प्रतिनिधि सिकेन्द्र पासवानले आरोप लगाएका छन ।
जिल्ला सभापति यादवले क्षेत्रीय कार्यसमितिलाई फर्म नदिई सिधै सो छेत्रका आफू निकट वडा सभापतिहरुलाई फर्म बितरण गर्न थालेपछि काङ्ग्रेस भित्र चरम विवाद उत्पन्न भएको पासवानले आरोप लगाए ।
यस विषयमा बिमलेन्द्र निधिको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन।

बारा जिल्लाको क्रियाशील सदस्यता बारे काठमाडौंमा भएको लिखित सहमतिमा यस्तो छ-
आज मिति २०८२ असार १६ गते सोमबारका दिन मध्य वानेश्वर काठमाण्डौमा बारा जिल्लाका लागि नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि श्री विमलेन्द्र निधि ज्युको अध्यक्षतामा, निधिको निजि निवासमा बसेको बैठकमा सह-महामन्त्रीहरु श्री फरमुल्लाह मन्सुर, श्री उमाकान्त चौधरी, बारा जिल्लाका सभापति श्री राजेश राय यादव, क्षेत्रीय सभापतिहरु श्री विजय शंकर यादव, श्री राम प्रवेश यादव, श्री प्रभात कुमार चौरसिया, श्री सुनिल कुमार गुप्ता ज्युको सहभागिता र सर्वसम्मतिमा देहाय बमोजिमको निर्णय भयो ।
कियाशील सदस्यता नवीकरण बारे :-
१) केन्द्रबाट जिल्लामा गएको पुरानो क्रियाशील सदस्यताको सुचि र नवीकरण फारमहरुलाई प्रक्रिया अनुसार नवीकरण गर्ने गराउने ।

२) १४ औं महाधिवेशनको बेलामा बारा जिल्लामा रहेको १६ वटा पालिकामा जुन-जुन वडाको क्रियाशील सदस्यता फारम स्थगित रहेको थियो सो बारे केन्द्रीय छानविन समितिले १५ औ महाधिवेशनमा भाग लिने गरी गरेको निर्णय अनुसारको नामावलीको सुचिहरु केन्द्रीय कार्यालय बाट तत्काल प्राप्त गरी प्रक्रिया पुर्याई नवीकरण कार्य सम्पन्न गर्ने गराउने ।

३) क्षेत्र न. १ मा क्रियाशील सदस्य नवीकरणको लागि फारम वितरण नभएको अवस्था रहेकोमा अब तत्काल प्रक्रिया अनुसार वडा तह सम्म वितरण गर्ने गराउने ।

४) क्षेत्र न. २ मा क्षेत्रीय सभापति कहाँ फारमहरू पुगेको तर बडा तह सम्म वितरण हुन् बाकी रहेकोले अब तत्काल प्रक्रिया अनुसार बडा तह सम्म वितरण गर्ने गराउने ।

५) क्षेत्र न. ३ मा वडा तह सम्म वितरण भएका अवस्था रहेकोमा अब प्रक्रिया अनुसार तत्काल सम्पन्न गर्ने गराउने ।

६) क्षेत्र न. ४ मा वडा तह सम्म वितरण भैसकेको अवस्थामा अब तत्काल प्रक्रिया अनुसार सम्पन्न गर्ने गराउने ।

७) केन्द्रीय छानबिन समितिले १४ औ महाधिवेशनको लागि स्थगीत गरी १५ औं महाधिवेशनमा भाग लिने गरी गरेको निर्णय अनुसारको नामावालिहरुको सुचि र फारम केन्द्रीय कार्यालयबाट तत्काल प्राप्त गर्ने र सो प्राप्त गरेपछि केन्द्रीय प्रतिनिधि विमलेन्द्र निधि ज्युको उपस्थितिमा बारा जिल्लामा नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको बैठक गर्ने । उक्त बैठकमा सबै क्षेत्र, प्रदेश, पालिका र वडाका सभापतिहरुलाई अनिवार्य उपस्थिति गर्ने गराउने ।

क्रियाशील सदस्यताको प्रमाणपत्र (कार्ड) केन्द्रबाट अहिले सम्म प्राप्त नभएकोले सो प्रमाणपत्रहरु तत्काल उपलब्ध गराउन केन्द्रीय कार्यालय संग अनुरोध गर्ने।

Leave a Comment