प्रधानमन्त्री सुशीलाले मन्त्रीहरूसहित निर्वाचन तयारी बैठक आह्वान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ माघ २०८२, आइतबार
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्यकी ले आसन्न निर्वाचन र निर्वाचन आचारसंहिता सम्बन्धी समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन्।

आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास, बालुवाटार मा तय भएको उक्त बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्ने उपायहरू बारे सरोकारवालाबीच विचार–विमर्श हुने बताइएको छ।

निर्वाचनको तयारीअनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता मङ्गलबार हुने कार्यक्रम रहेको भए पनि, राजनीतिक दलहरूमा आन्तरिक व्यवस्थापनको समस्या देखिँदा केही दिनका लागि मिति सार्न सकिने सम्भावना पनि रहँदै आएको छ।

सरकारी स्रोतले भने, “उद्देश्य निर्वाचन तयारीलाई थप व्यवस्थित बनाउने र चुनावी वातावरणलाई अनुकूल बनाउनु हो,” भनि जानकारी दिएका छन्।

Leave a Comment