१९ फागुन, बारा : बारा प्रहरीले शुक्रबार ४० लाख ८४ हजार बराबरको समान नियन्त्रणमा लिएको छ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज, खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोकमा गाडीहरूलाई रोकी चेक जाँच गर्दा विल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको करिब मुल्य ४० लाख ८४ हजार ७३ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको प्रहरीले जनएको छ।
प्रहरीले वीरगंजबाट गोर्खा तर्फ जादै गरेको ना.६ ख ९७६३ नम्बरको यात्रुबाहक बस ,वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना. १ ज ३८८५ नम्बरको सुमो, कलैयाबाट हेटौडा तर्फ जादै गरेको बा ०१-०२६ च ५५५९ नम्बरको पिकअप
वीरगंजबाट पोखरा तर्फ जादै गरेको ग १ ख ९४२४ नम्बरको गाडीबाट प्रहरीले समान नियन्त्रणमा लिएको थियो। प्रहरीले मोबाईल पार्टस, खाद्यान्न सामग्री लगायत समान नियन्त्रणमा लिएको थियोे ।