२३माध,कलैया, बारा — जेन्जी युथ कलैया उपमहानगर समितिको पहल वार्ड नम्बर –८ निवासी राजेन्द्र दासलाई ह्वीलचेयर सहयोग गरिएको छ।
लामो समयदेखि दुबै खुट्टा नचल्ने अवस्थाका कारण हिँडडुल गर्न नसक्दै आएका दासलाई दैनिक जीवन सहज बनाउने उद्देश्यले ह्वीलचेयर प्रदान गरिएको हो। ह्वीलचेयर प्राप्त गरेपछि दास र उनका परिवारले सहयोगप्रति खुसी व्यक्त गरेका छन्।
ह्वीलचेयर हस्तान्तरण कार्यक्रममा जेन्जी युथका नगर अध्यक्षसहित संस्थाका पदाधिकारी तथा युवाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सहभागीहरुले समाजमा रहेका अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरूको जीवन सहज बनाउन यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।
जेन्जी युथले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवामा केन्द्रित कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने जनाएको छ।

