निर्वाचन आयोगले दलहरूलाई घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७ माघ, काठमाडौं — निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, **फागुन २१ गते हुने चुनावमा भाग लिन चाहने दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने र आयोगमा पेस गर्ने अन्तिम मिति **फागुन ३० सम्म तोकिएको छ ।

निर्वाचन आयोगको सोमबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो । आयोगले दलहरूका साथै उम्मेदवारहरूलाई पनि सम्बन्धित निर्वाचन कार्यालयमा आफ्नो घोषणापत्र दर्ता गर्न समय तोकेको छ ।

निर्वाचनका लागि यसअघि मतदाता नामावली छपाइ तथा उम्मेदवारी दर्ता जस्ता तयारीहरू पूरा भईसकेका छन् । आगामी फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुने कार्यक्रम तय गरिएको छ ।

Leave a Comment